१९ बैशाख २०८१, बुधबार

२ सय ९ जनाको रिर्पोट नेगेटिभ


सुर्खेत । आइतबार कर्णालीमा कोरोना संक्रमितको संख्या सून्य देखिएको छ । पछिल्लो २४ घण्टामा दुई सय नौ जनाको कोरोना परिक्षण गरिएको सबैको रिर्पोट नेगेटिभ आएको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा एक सय ७४ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा ३५ जनाको पिसिआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको हो । त्यो संगै कर्णालीमा कुल संक्रमितको संख्या एक हजार नौ सय ३९ मा यथावत रहेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनी कोरोना संक्रमित डिस्चार्ज भएका छैनन् । डा. तिवारीका अनुसार हाल सम्म एक हजार सात सय २२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् ।

संक्रमित पुष्टी भएका मध्ये छ जनाको मृत्यु भएको छ भने दुई सय ११ जना सक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरहरुमा उपचार भइरहेको छ ।

हाल सम्म कर्णाली प्रदेशका रुकुम पश्चिम, डोल्पा, जुम्ला र हुम्ला कोरोना मुक्त भइसकेका छन् । दैलेखमा एक सय २७, सुर्खेतमा ३६, जाजरकोट र कालिकोटका १२, १२ जना, सल्यानका नौ र मुगुका एक जना संक्रमितको प्रदेशका विभिन्न आइसोलेनसमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।