६ जेष्ठ २०८१, आईतवार

मृतकका परिवारलाई सरकारले दुई लाख दिने


काठमाडौँ । सरकारले भूकम्पमा परी मृत्यु हुनेका परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले भूकम्पमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, उनले प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षाको व्यवस्था गर्ने निर्णय भएको बताइन् ।
शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब चार सय घाइते भएका छन् ।