४ जेष्ठ २०८१, शुक्रबार

नरहरीनाथ गाउँपालिकाद्वारा भूकम्प पीडितका लागि २ लाख सहयोग


सुर्खेत । नरहरीनाथ गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि २ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट भुकम्प पीडीतलाई सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए ।
भूकम्पपछि भत्किएका संरचनाको पुनर्निर्माण, पीडितको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमै सहयोग रकम जम्मा गर्ने प्रवक्ता बोहोराले बताए ।
गत शुक्रबार राति गएको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युटको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी १ सय ५७ जनाको मृत्यु भएको छ ।

यसैबीच नरहरिनाथ गाउँपालिका वडा नं. ८ को वडा कार्यालयमा कार्यालय सहयोगी नवलसिंह बिष्टको निधन भएकाे शाेकमा पालिकाले साेमबार सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।