१९ बैशाख २०८१, बुधबार

वीरेन्द्रनगरमा सामुदायिक बिपद् प्रतिकार्य तालिम



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ नम्बर वडा कार्यालयकाे  आयोजनामा सामुदायिक बिपद् प्रतिकार्य तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु गरिएको छ । विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम आयोजना गरिएको बताइएको छ ।
तालिम उद्घाटन गर्दै कालीबहादुर गण कपासे ब्यारेकका गणपती सैलेन्द्र सिलवालले समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै स्थानीय क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका विपद् हुने क्षति न्यूनीकरण गर्न तालिम प्रभावकारी हुने बताए । विपद्को समयमा उद्दार टोली आउन समय लाग्ने भएकाले स्थानीयको सक्रियता जरुरी हुने उनको भनाई छ ।
बीरेन्द्रनगर नगरपालिका ७ नम्बर वडाका अध्यक्ष धुर्व चपाइको अध्यक्षतामा भएको तालिम उद्घाटनमा कालीबहादुर गण कपासे ब्यारेकका गणपती सैलेन्द्र सिलवाल प्रमूख आतिथ्यतामा भएको तालिममा विभिन्न २२ वटा टोलका ६ जना सहभागी रहेकाे तालिम सहकर्मी समाजले सहजीकरण गर्ने  सहकर्मी समाजका मनिषा वलीले जनाएकी छिन्   ।