२० बैशाख २०८१, बिहीबार

वीरेन्द्रनगर नगरपालिकाद्वारा भूकम्प पीडितका लागि २६ लाख सहयोग



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका गएको भूकम्प प्रभावितलाई २६ लाख रकम सहयोग गर्ने भएको छ।  मंगलबार बसेको वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद कोषबाट एक÷एक लाख १६ लाख र नगरपालिकाकोतर्फबाट १० लाख गरि जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको हो।
नगरप्रमुख मोहनमाया ढकालले विपद् कोषमा भएको रकम मध्ये पालिकाभित्रका १६ वटा वडा र नगरपालिकाले गरि जम्मा २६ लाख रुपैयाँ भूकम्प प्रभावितहरुको पुनर्स्थापना कोषमा सहयोग जानकारी दिइन्। नगर प्रमूख ढकालले भुकम्पमा परी घाइते भएकाहरुकाे उपचारका लागी नगर अस्पतालमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुकाे लागि नगरपालिकाले निशुल्क खानाकाे व्यवस्था गरेकाे बताईन् ।
साथै वीरेन्द्रनगर नगरपालिकाले भूकम्प पीडित परिवारका बालबालिकाहरु वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकाहरुलाई र यस नगरपालिका भित्र अध्ययन गर्न चाहानेकालागी नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन ब्यवस्थापन गर्ने भएको छ।