२१ बैशाख २०८१, शुक्रबार

जाजरकोट र रुकुममा एमालेले १ हजार स्वयंसेवक खटाउने


काठमाडौँ । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘एक हजार स्वयं सेवकहरु मंसिर एक गतेबाट खटिनुहुनेछ । हामी ५ हजार कार्यदिनभन्दा बढी हामी त्यहाँ खट्नेछौ’, ज्ञवालीले भने, ‘त्यो एक करोड भन्दा बढीको श्रम हुनेछ । जसमा हजारौ अस्थाई आवास बनाएर नागरिकहरुलाई न्यानो प्रदान गर्नेछौ ।’ स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्नेछ ।