४ जेष्ठ २०८१, शुक्रबार

गाेरू काटेकाे अभियाेगमा ३ जना पक्राउ


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–८ बाट गोरु काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
कात्तिक २५ गते काग तिहारको साझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जंगलमा रहेको चदारे खानेपानि ट्याङकी नजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा नरहरिनाथ गाउँपलिका–८ बस्ने अन्दाजी वर्ष २२ को हिक्मत वि.क, वडा नं. ९ वर्ष वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियारलाई २६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोट सूचना अधिकारी पोषण थापाले बताए ।
जंगलमा गोरु काटेको सूचना वडा नं ८ का वडाध्यक्ष लालबहादुर विष्टले दिएपछि प्रहरीले टाउँको सहित ३ जनालाई पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।