१९ बैशाख २०८१, बुधबार

५ वर्षको अवधिमा करिव ६४ लाख अनियमितता


कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा रहेको पन्चदेवल माध्यमिक विद्यालयमा अनियमिताको आवाज उठेको छ । पति बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष र पत्नी प्रधानाध्यापक बन्ने अवसर जुरेपछी मनलाग्दी बिद्यालयमा अनियमिता गरेको खुलासा भएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ देखी आर्थिक वर्ष २०७८÷२०७९ सम्म विद्यालयमा व्यापक अनियमितता भएको खुलेको हो । विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर शाही ‘प्रख्यात’ले ५ वर्षको अवधिमा करिव ६४ लाख अनियमितता गरेको खुलेको हो । विद्यालयको ५ वर्षको अवधिको सामाजिक परीक्षण गर्दा ६४ लाख हिनामिना भएको तथ्य निकालेको छ ।
विद्यालयको रकम हिनामिना गरेको भन्दै विद्यालयका प्रधानाध्यापक जया कुमारी देवकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र शाहीका बिरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ । विद्यालयमा भएको अनियमितताको विषयमा स्थानीय अभिभावकहरुले पटक पटक आन्दोलन समेत गरेका थिए । २०७९ साल चैत्र १३ गतेका दिन समाजको नेतृत्व गर्दै सामाजिक परीक्षण प्राविधिक तथा उपसमिति संयोजक नवराज संज्यालले लेखा परिक्षण प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालय कालीकोटमा उजुरी समेत गरेका थिए ।
उजुरीमा प्रशासनले एक पटक कागजपत्र ल्याउन पत्रचार गरे पनी देबकोटाले सुनुवाइ नगरेकोले प्रशासनले हालसम्म छानबिन सुरु नगरेको देखिन्छ । त्यसबारे छानबिन गर्न अन्यथा उजुरी अख्तियार तिर बढाउन प्रशासनलाइ त्यहाका शैक्षीक सरोकारवालले दवाव दिइरहेका छन । २०७४ साल देखी बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बनेका खगेन्द्र बहादुर शाही र उनकै दोस्री श्रीमती रहेकी पन्चदेवल माबि सान्नीत्रीबेणीकी प्रधानाध्यापक जया कुमारी देबकोटाको मिलेमतोमा ६४ लाख बढी रकम हिनामिना भएको देखिन्छ ।
२०७४ साल देखि पन्चदेवल प्राबिधिक बिद्यालयको नाममा प्रति बर्ष संघिय सरकारबाट प्राप्त हुने १७ लाख देखी ३० लाख सम्म बजेटको हाल सम्म पनि उक्त रकम बिद्यार्थीले नपाएको, छात्रबृत्ति र दिवा खाजा रकममा मनपरि गरेको, विज्ञान प्रयोगशालाको रकममा मनपरी गरेको, शिक्षक अशोकानन्द चौधरीलाई २०७४ पुस १२ गते नियुत्ति गरि २०७४ साल असोज एक गतेदेखि तलव खुवाएको, शिक्षक दिनेश यादव र उपेन्द्र कुमार चौधरीले २०७४ साल मंसिर १२ गते राजीनामा दिएको र उनीहरुको नामबाट २०७४ साल मंसिर १ गतेदेखि २०७४ साल फागुन ३० गतेसम्म कृत्ते हाजिरी गरि तलव लिएको पाइएको छ ।
त्यस्तै रसायन विज्ञानको शिक्षकको रुपमा महेश चौधरीका कागजात पेश गरी बैतडीका राजेश भट्टलाई तलव खुवाएको देखाएको, पुस्तकालयका लागि आउने ६ लाख हिनामिना गरेको, विद्यालयको खाताबाट २०७५ असार २० गते ११ लाख ४२ हजार ६ सय ८२ सोही मितिमा १६ लाख ८९ हजार २ सय ८८ रुपैया झिकेको, २०७५ साल साउन २० गते ११ लाख ७८ हजार ४ सय ८० रुपैया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रबहादुर शाहीको व्यक्तिगत खातामा जम्मा गरि रकम अनियमितता गरेको उजुरीमा उल्लेख छ ।
२०७९ भाद्र २४ गते बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले छानबिन गरी प्रतिबेदन तयारीका लागी हालका वडा अध्यक्ष समेत रहेका नहकुल सन्ज्यालको नेतृत्वमा एक समिति गठन गरी प्रतिबेदन तयारी गरीएको हो । प्रतिवेदनमा आएको कुरा सवै सत्य भएको सामाजिक परिक्षण समितिका संयोजक नहकुल संज्यालले जानकारी दिए ।

यता बिधालयका तत्कालीन प्राधानाध्यापक जया कुमारी देवकोटाले समाजिक लेखा परिक्षण पुर्वाग्रही ढंगले गरेकाे बताईन् । उनले आफू सुत्केरी बिदामा रहेकाे बेला बिधालयका लेखापाल र वडाध्यक्षले पुर्वाग्रही ढंगले सामाजिक लेखापरिक्षण गरि आफुलाई फसाउन खाेजिएकाे बताईन् । अख्तियारबाट पनि आफुले सामाजिक लेखापरीक्षण पछि लागेकाे आराेपमा सफाई पाईसकेकाे देवकाेटाकाे भनाई छ ।
समितिले प्रतिबेदन सार्वजनीक गर्न आयोजना गरीएको सार्वजनीक सुनुवाई समेत स्थगित भएको थियो ।