६ जेष्ठ २०८१, आईतवार

दादुरा रुबेला खोप अभियानको अभिमुखिकरण सम्पन्न

चन्द्रप्रसाद भट्टराई
कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा दादुरा तथा रुवेला सम्बन्धि स्वास्थ्यकर्मीबीच अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷२०८१ सञ्चालन तथा नियमित खोप सुदुढिकरणका लागि खोप दिने स्वास्थ्यकर्मीको पालिकास्तरिय अभिमिखिकरण गोष्ठी नरहरिनाथ गाउँपालिकाको कुमालगाउँमा सम्पन्न भएको हो ।
नरहरिनाथ गाउँपालिकाको समन्वय र स्वास्थ्य सेवा कार्यलय कालिकोटको आयोजनमा सञ्चालन भएको गोष्ठि नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत यूवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

दादुरा रुबेला खोप अभियान ०८०÷०८१ को तयारी, खोप लगाएपछि हुनसक्ने अनअपेक्षित घटना, खोप लगाउने प्रक्रिया, खोप सेसन ब्यबस्थापन सम्बन्धि छलफल, खोप सम्बन्धि चुनौतीहरुका बारेमा छलफल भएको स्वास्थ तथा सरसफाई साखा प्रमुख मानबहादुर सहकारी बताए ।

गोष्ठीमा नरहरिनाथ गाउँपालिकाका स्वास्थ्य शाखा अन्तर्गत सम्पुर्ण स्वास्थ्य संस्थाका खोप कार्यक्रताहरुको उपस्थित रहेको सहकारीले जानकारी दिए । गोष्ठीको सहजीकरण सिअहेब अधिकृत लंक बटाला, स्वास्थ्य तथा सरसफाई साखा प्रमुख मानबहादुर सहकारी र सिअहेब अधिकृत जगदिस नेपालीले सहजिकरण गरेका थिए ।

No description available.