६ जेष्ठ २०८१, आईतवार

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्दै नेता कँडेल


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वान अनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेकपा माओवादीको समर्थन लिएर मुख्यमन्त्री पदका लागि दावी पेश गर्ने गृह कार्यमा लागेको नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले बताए । ‘अब केही समयमा दुई दलबीचको बसाई हुन्छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुख सक्षम दाबी पेश गर्न जान्छौं,’ उनले भने