६ जेष्ठ २०८१, आईतवार

जीवनबहादुर शाही सांसद पदबाट निलम्बनमा


सुर्खेत । भ्रष्टचार मुद्दा दर्ता भएपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेसँगै उनी निलम्बित भएका हुन् ।

वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । सोही अनुसार उनी निलम्बित भएका छन् ।

४ मंसिर २०७९ मा भएको निर्वाचनमा शाही हुम्ला प्रदेश सभा ९२० बाट निर्वाचित भएका थिए ।