४ जेष्ठ २०८१, शुक्रबार

शाहीको पहलमा एम्बुलेन्स


कालीकोटः नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीको पहलमा कालिकोटमा एम्बुलेन्स सेवा संचालन हुने भएको छ । बिद्यालयतहदेखी नै राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय तरुण महासचिव शाहीले जिल्लाका दुर दराजमा रहेका नागरिकहरु बिरामी हुदा उपचारको पहुँचमा ल्याउन उनकै पहलमा जिल्लामा एम्बुलेन्स सेवा संचालन हुने भएको हो । संघीय राजधानीबाट निकै दुर्गममा रहेको कालिकोटका स्थानीय बिरामीलाई लक्षित गर्दै शाहीको पहलमा जिल्लामा सक्रिय पृथ्वी रक्तदान बीर फाण्डेशन मार्फत एम्बुलेन्स सेवा संचालन गरिने भएको छ ।


जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा हुने बिरामीहरुलाई सहज ढङ्गले एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्धेश्यले तरुण दलका महासचिव शाहीको पहलमा नोबेल मेडिकल कलेज बिराटनगरका संचालक सुनिल शर्माको सहयोगमा प्राप्त एम्बुलेन्स पृथ्वी रक्तदान फाउन्डेसन कालिकोटलाई हस्तान्तरण गर्न लागिएको तरुण महासचिव शाहीले बताए। उनले यही फागुन ९ गते जिल्ला सदरमुकाम मान्म बजारमा औपचारिक रुपमा एम्बुलेन्स सेवाको सुरुवात हुने जानकारी दिए। नेपाली काँग्रेस कालिकोट प्रतिनिधि सभा सदस्यमा पराजित उम्मेदवार समेत रहेका शाहीले जिल्लाको स्वास्थ्य स्थिती र अन्य विकासका लागि रचानात्मक कार्य गर्दै आएका छन् । उनले भने, कालिकोट जिल्ला विकासका दृष्ट्रिकोणले निकै दुर्गम छ । यातायातको भरपर्दो व्यवस्था छैन । यहाँ रोग,
भोग र गरिबी व्याप्त छ । स्वास्थ्यका दृष्ट्रिकोणले पनि कयौं बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । यस एम्बुलेन्सले त्यस क्षेत्रका नागरिकलाई राहत प्रदान हुनेछ । जिल्लाको समग्र विकास र नागरिकहरुको सुख दुखमा सधै लागि रहने उनको भनाई छ ।
उनले भने म प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुदा मैले कालीकोटका नागरिकसंग गरेका बाचा पुरा गर्दै छु । मैले भनेको थिए कालीकोट जिल्ला अस्पतालको स्तरउन्नती गर्छु, एम्बुलेन्स संचालन गर्छु सुन्दर कालीकोट समृद्ध कालीकोटको यात्रालाई रोक्ने छैन । अहिले त्यहि बाचा पुरा गर्दै छु केही नौलो गरेको छैन ।