२२ बैशाख २०८१, शनिबार

पलाँतामा खाद्य कचहरी सम्पन्न


कालीकोटः जिल्लाको पलाँता गाउँपालिका अन्तरगत वडा नं ६ उखाडीमा खाद्य सुरक्षा सम्बन्धि ‘खाद्य कचहरी’ कार्यक्रम सम्पन्न भएको छ ।
डेनिस रेडियोको आर्थिक सहयोग, मिसन इस्टको प्राबिधिक सहयोग, पलाँता गाउँपालिकाको समन्वय र किर्डाक नेपालको सहजीकरणमा संचालित बिकट हिमाली समुदायका किशोरीहरूको भोकमरी तथा बहिष्करण अन्त्य गर्नका लागि सकारात्मक कार्यहरू’ परियोजना अन्तर्गत ‘खाद्य कचहरी’ कार्यक्रम सम्पन्न भएको हो ।
’खाद्य कचहरी’ कार्यक्रमले खाद्य सुरक्षा सम्बन्धी हरेक जनजिविकासँग जोडिएका हरेक सवालहरूमाथि छलफल गरी खाद्य सुरक्षा प्रवर्द्धनका गर्न पाँच बुदे प्रतिवद्धता सहित कार्य योजना तयार गरिएको छ । ’खाद्य कचहरी’ कार्यक्रम मार्फत पलाँता गाउपालीकाको उखाडीमा खाद्य सुरक्षा सम्बन्धीका सवालहरूमाथि नागरिकहरुको बिचमा ब्यापक छलफल गरिएको छ ।
कार्यक्रममा कार्यबाहक अध्यक्ष सर्पे बिकको अध्यक्षता जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, जनस्वास्थ्य सेवा केन्द्रका प्रतिनिधि, महिला स्वास्थ स्वयम्सेविका, सामुदायिक वन उपभोक्ता समितिका सदस्य, आमा समूह र किशोरी समूहका सदस्य सहित ४५ जनाको सहभागिता रहेको थियो ।

रैथाने बाली प्रबद्धन तथा सन्तुलित आहार सम्वन्धि जनचेतनामुलक अभियान सञ्चालन गर्ने, जलवायू उत्थानशिल कृर्षि प्रविधिको प्रयोग, हिमपोखरी रिर्चाज, पलाष्टिक घर, थोपा सिचाइ,प्रांगारिक मल र जैविक विषादिको प्रयोग गर्ने, महिलाहरुलाई आयआर्जनमा टेवा पुग्ने गरि फलफुल तथा नगदे बालिमा संलग्न गर्ने, कार्यक्रममा सहभागिहरुले आ आफनो समुदायमा खाध्य कचहरि कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरिएको खगेन्द्र बिष्टले जानकारि दिए ।