२१ बैशाख २०८१, शुक्रबार

कालीकोट काँग्रेस लाग्यो घर फर्काउ अभियानमा


कालीकोटःनेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोट घर फर्काउ अभियानमा लागेको छ । विभिन्न समयमा नेपाली काँग्रेस पाटी परित्याग गरि अन्य पाटीमा प्रवेश गरेका काँग्रेसका कार्यकतालाई घर फर्काउ अभियानमा कालीकोट काँग्रेस लागेको छ ।
आईतबार नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले २०७५ सालमा काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका जिल्लाको शुभकालीका गाउँपालिका–४ साविकको सुकाटिया गाविस उपसभापति नरजंग शाहीलाई काँग्रेसले पुन घरमा प्रवेश गराएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सभापति हर्षबहादुर बमले शाहीलाई पुरानो घर काँग्रेसमा फर्काएका हुन् । काँग्रेस पाटीमा स्वागत गर्दै सभापति बमले अव काँग्रेसको संगठन सुदृढिकरणमा लाग्न सुझाव दिए । उनले अव शुभकालीकामा काँग्रेसलाई बलिया बनाउन शाहीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाली काँग्रेसको संगठन बलियो बनाउने नै गाउँ कार्य समिति भएकाले शुभकालीकामा काँग्रेसले नमुना संगठन बनाउनेमा आफु विश्वस्त रहेको बमले बताए । उनले आफ्नो पुरानो घर सम्झेर आएकोमा पूर्व गाविस उपसभापति शाहीलाई अविर र खादाले स्वागत गरेका थिए । पाटीमा भएको सानो मनमुटावले आफु नेकपामा गएको भएपनि पुन आफ्नै घरमा फर्केको नरजंग शाहीले बताए । उनले ‘आफु नेकपामा गइसकेपछि पनि वडा सल्लाहकारमा राखेको सुनेको थिए म खुलेरै नेकपाको पाटीमा गएको थिएन आफ्नै पाटीबाट केही असन्तुष्ट भएर बसेको थिए ।’


शाहीले भने, ‘अव आफ्नै घरमा आएको छु, आफ्नै बारी खनेर खानेछु ।’ नेपाली काँग्रेसको शुभकालीकामा संगठन विस्तारमा आफु तल्लिन भएर लाग्ने शाहीले बताए । आगामी निर्वाचनमा शुभकालीकामा काँग्रेसलाई पहिलो पाटी बनाउनका लागि आफुले सकेजति मेहनत गर्ने प्रतिवद्धता समेत गरे । उनले अहिले नेकपाले जनताको हितमा काम गर्न नसकेकाले पनि आफु आफ्नै घरमा फर्केको बताए । कार्यक्रममा नेपालीका काँग्रेसका जिल्ला कार्यसमिति कालीकोटका सदस्य मीनबहादुर बोगटी, नन्दबहादुर शाही घमन, नेपाली काँग्रेसका नेता अम्मबहादुर शाहीलगायतका नेता कार्यकताको उपस्थिति रहेको थियो ।