१९ बैशाख २०८१, बुधबार

जथाभावी मास्क फाल्दा कोरोना संक्रमणको जोखिम (फोटो फिचर)


सुर्खेत । कोरोना भाइरस (कोभिड १९)को महामारी फैलिए संगै मास्कको प्रयोग अत्याधिक मात्रामा बढेको छ । सरकारले भाइरसको जोखिमलाई ध्यानमा राखेर घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई बाहिर हिँड्नेलाई कारवाही गरिरहेको छ ।

मास्कको प्रयोग अत्याधिक मात्रामा बढे संगै प्रयोग गरेको मास्क जथाभावी फ्याक्ने क्रम बढिरहेको छ । हाल बजार क्षेत्रका अधिकांश ठाउँहरुमा प्रयोग गरि फ्याकिएका सर्जिकल तथा अन्य मास्क देख्न पाइन्छ ।

यसरी मास्क फ्याक्दा कोरोना संक्रमण फैलिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । प्रदेश अस्पताल सुर्खेतका कन्सल्ट्याण्ड फिजिसिएन डाक्टर के. एन पौडेलले मास्कमा लामो समय सम्म किटाणु बस्नसक्ने भएको प्रयोग गरिएका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम रहने बताए ।

‘मास्कमा कोरोनाको जिवाणु सात दिन सम्म जीवित रहने अनुसन्धानले देखाएको छ ।’ उनले भने, ‘थुक र र्यालमा जीवाणु लामो समय सम्म रहन्छ । उक्त मास्क नगरपालिकाको फोहोर उठाउने टोलीले उठाँदा, केटाकेटीले छुँदा संक्रमणको जोखिम रहन्छ ।’

साथै उक्त फोहोरबाट किटाणु जनावरहरुमा सरेर कोरोनाको रुप परिवर्तन भएर भयाभहको अवस्था सिर्जना हुन सक्ने समेत उनको भनाई छ । उक्त फोहोर जथाभावी रुपमा फ्याक्नबाट प्रशासनले रोक्नुपर्ने उनको भनाई छ ।