५ जेष्ठ २०८१, शनिबार

पहिरोले तीन घर विस्थापित


सल्यान । निरन्तरको अविरल बर्षाका कारण सल्यानमा तीन विस्थापित भएका विस्थापित भएका छन् । बर्षाका कारण पहिरो जाँदा जिल्लाको दार्मा गाउँपालिका–४र ६ का तीन घरपरिवार विस्थापित भएका हुन । यस्तै ३० घर संगै तीन वटा विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको छन् ।

घरमा पहिरो आए पछि गाउँपालिकाको वडा नं. ६ का टिके कामी, विमला बुढाथोकी र वडा नं. ४ का निराजन विकको परिवार विस्थापित भएका हुन्। विस्थापित सबैलाई सुरक्षित स्थानमा राखिएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन् ।

पहिरोले वडा नं. ४ मा २, वडा नं. ६ मा ४, वडा नं. ५ मा १, वडा नं. २ मा १ र वडा नं. १ मा १ घर गरी ९ घरमा क्षति पु¥याएको छ । ९ घरमा क्षति पु¥याएपनि तीन घरमा भने बस्न नमिल्ने गरी क्षति पुगेको केसीको भनाई छ । सडक छेउमा रहेका प्राय घरहरु उच्च जोखिममा रहेका र पहिरोले पु¥याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको अध्यक्ष केसीले जानकारी दिए