२२ बैशाख २०८१, शनिबार

कर्णालीमा थप ५१ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ५१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ११ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा ३७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट गरिएको परिक्षणमा तिन जनामा भाइरसको संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीका अनुसार संक्रमित हुनेहरुमा १८ जना रुकुम पश्चिमका, जाजरकोटका १५ जना, कालिकोटका तिन जना, सुर्खेत, बर्दिया, चितवन र कञ्चनपुरका दुई, दुई जनामा संक्रमण देखिएको हो ।

यस्तै सल्यान, कैलाली, सर्लाही, रुपन्देही, डडेल्धुरा, धादिङ र उदयपुरमा एक, एक जनामा संक्रमण देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या दुई हजार दुई सय ९५ पुगेको छ ।

थप १९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । मन्त्रालयका अनुसार यो संगै कुल डिस्चार्ज हुनेको संख्या एक हजार नौ सय ९२ पुगेको छ ।

कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भएको छ भने दुई सय ९७ जना सक्रिय संक्रमितहरु प्रदेशका विभिन्न आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।