२० बैशाख २०८१, बिहीबार

राहतका नाममा चार किलो चामल


कालीकोटः आफनो नाममा रहेको एक कित्तामात्र जमिन थियो, बाढिले बगायो, अव के खाने कसरी परिवार पाल्ने भन्ने चिन्ता छ, सान्निवित्रेणी गाउँपालिका–६ पोरीवनका कन्न लुवारलाई ।
यहि साउन १३ गते राति आएको अविरल वर्षासंगैको पहिरोले लुवारको नाममा रहेको एक कित्ता जमिन बगाएको छ । आफ्नो खेत पहिरोले बगाएपछि अहिले उनी सामुदायिक वनको एक जंगलमा अस्थायी रुपमा त्रिपालमा परिवार ल्याएर वसिरहेका छन् । घर जाउ घर छैन, भएको घर पनि पहिरोले बगरमा परिणत गर्यो, अहिले त्रिपालमा बालवच्चा राखेर वसिरहेको छु लुवारले दुखेसो पोखे । संघसंस्थाबाट सहयोग पाएको एक त्रिपाल छ, अहिले त्यही त्रिपालमा बसिरहेको र्छौ त्यही सहयोग नपाएको भए ओडारमा वस्नु पर्दो रहेछ । अहिले सम्म गाउँपालिकाले बाढि पहिरो पिडितहरुको बारेमा वुझ्न पनी आएको छैन । दिनमा अरुको घरमा काम गरेर विहान वेलुकी खाना खर्च चलेको छ । कन्नले गुनासो गरे ।
यो विलौना कन्न लुवारको मात्र होइन, सोही वनमा त्रिपालमा वसिरहेकी ३१ वर्षिय पहिरो पीडित दुधा लुवारको पनी छ । नाममा भएको एक कित्ता जमीन थियो, त्यही बाढीले बगायो, ‘अव का वसेर खाने, के खाने होला ? काखमा दुई छोरी र एक छोरो च्यापेर त्रिपालको छेउमा वसेर दुधाले यसरी गुनासो पोखिन । घरमा जाउँ घर छैन, बाढीले बगाइसक्यो, त्रिपालमा वसेर बालवच्चालाई राखेका छौँ ।’ पहिरोमा परि पीडित भएका सान्निवित्रेणीका स्थानीय अहिले पनि त्रिपालमा बसेर आफ्नो गुजारा चलाई रहेका छन् ।
भोट माग्ने वेला घरमै आएर धेरै आश्वासन दिन्थे, अहिले कोही पनी हाम्रो समस्या वुझ्न आएका छैनन । चुनावमा दलित वर्गलाई खोजेर हात पाहँु जोडछन् भोटको लागी अहिले आफुहरको यस्तो दरदर्नाक अवश्था बुझन कोही आएनन् । राहतको नाममा मुख्यमन्त्री महेन्दबहादुर शाहीले हेलिकप्टरमा आएर एक परिवारलाई चार किलो चामल मात्र दिएका थिए । दुधा लुवारले भनिन् ।
कन्न र दुधा लुवारको मात्र पिडा छैन, सान्निवित्रेणी गाउँपालिका–६ पोरिवनका ११ घरधुरीका गुनासा पनि यस्तै हुन् । लुवार वस्ती नै बाढी र पहिरोले बगाएपछी ११ घरधुरी अहिले नजिकैको डोप्का सामुदायिक वनमा त्रिपालमा वसिरहेका छन् ।