४ जेष्ठ २०८१, शुक्रबार

तिब्रिकोट मिडियो प्रा.ली को औपचारीक उदघाटन


कालिकोट: जिल्लामा तिब्रीकोट मिडिया प्रालीको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
सोमबार कर्णाली प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहीले मिडियाको औपचारीक रुपमा उद्घाटन गरेका हुन । ‘सत्य, तथ्य र निश्पक्ष समचार हाम्रो आधार, खोजी अभियानको लागी सदावहार अनलाईन न्युज खवर’ भन्ने मुल उदेश्यले संचालनमा आएको मिडियाको औपचारीक रुपमा उद्धघाटन गरीएको हो ।
तिब्रिकोट मिडिया प्रालिका प्रवन्धक निर्देशक विश्वनाथ सिम्खाडाको अध्यक्षता कर्णाली प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहिको प्रमुख आतिथ्यता, पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमको विशेष आतिथ्यता, नेपाल कम्यूनिष्ट पाटी नेकपाका पाटी अध्यक्ष धनजित शाही, नेपाली कांगे्रस कालीकोटका सहसचिव निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दमन बहादुर शाही, नेकपाका कर्णाली प्रदेस कमिटी सदस्य लक्ष्मीप्रसाद चौलगाँई, राप्रपाका नेता तथा पूर्व जिवीस सभापति सत्यबहादुर शाही, नेपाल समाजबादी पाटी नरेन्द्र शाही, प्रेस संगठन नेपालका अध्यक्ष भरतराज विष्ट, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डे, सरकारी तथा गैरसरकारी सस्थाका प्रमुख तथा प्रतिनिधिहरको सहभागितामा मिडिया प्रालिको उद्घाटन गरिएको हो ।
उद्घाटनमा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहीले कालिकोटमा मिडिया थप हुनु मिडियाको विकासक्रम बढिरहेको बताए । उनले कालीकोटमा मिडियाका क्षेत्रमा १ इट्टा थपिएकोमा खुसी व्यक्त गरे । पछिल्लो समय अत्याधिक रुपमा मिडियाको विकास भइरहेको वेला यो मिडियाले पनी सत्य, तथ्य र खोजिमुलक समाचार सन्देश प्रवाह गरेर आगाढि बढ्न शाहीले सुझाव दिए । उनले भने, ‘कालिकोटको पुरानो नाम तिब्रिकोट नाम राखेर मिडियोले इतिहास रचेको बताए ।
साथै कार्यक्रममा पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले तिब्रिकोट मिडिया प्रालिले आगामी दिनमा पत्रकारीताको आचारसंहितामा रही खोज मुलक समाचार सम्प्रेषण गर्नेमा आफु विश्वस्त रहेको बताए । बढ्दो मिडियाको विकास संगै अनलाइन न्युज खवरले समाजमा दविएका, लुकेर रहेका विकृति र विसंगतीको विरुद्धमा कलम चलाउन सुझाव दिए । कार्यक्रममा शुभकामना दिदै नेपाली कांगे्रसका पाटी सहसचिव दमन बहादुर शाहीले काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षममा रहिआएकाले प्रेस स्वतन्त्रतालाई मध्यनजर गरी समाचार सम्प्रेसण गर्नुपर्ने सुझाव दिए । उनले कालीकोट जिल्लामा समाचार लेखेकै भरमा पत्रकारलाई विभिन्न धम्की आइरहेकाले यसो नर्गन सरोकारवालाई आग्रह समेत गराए । उनले भने कति पय यहाँका नागरिक आफ्नो पक्षमा समाचार सम्प्रेषण भएमा राम्रो मान्ने र आफुले गरेको गलतलाई पत्रकारले बाहिर ल्याए पत्रकारलाई धम्की दिने चलन भएकाले यसो नर्गन कार्यक्रममा उपस्थित भएका सरोकारवालाई आग्रह गरे ।
नेकपाका प्रदेश कमिटी सदस्य लक्ष्मीप्रसाद चौलागाँई, जिल्ला समन्वय समितिका कानुनी सल्लाहाकार कृष्णप्रसाद आचार्य, नेपाल बार यशोसियसनका अध्यक्ष, दमनराज वम, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे, कृर्षि विकास कार्यालयका प्रमुख भरत वस्नेत, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य कालिबहादुर मल्ल, र प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष भरतराज विष्टले आफनो मनतव्य राख्दै मिडियालाई शुभकामना दिएका थिए ।
मान्म स्थित स्वीस बेलको सभाहलमा भएको कार्यक्रमको संचालन प्रेस युनियनका उपाध्यक्ष पुष्पराज भट्टराईले गरेका थिए ।