४ जेष्ठ २०८१, शुक्रबार

चौकुनेमा विद्यालय सञ्चालन


चौकुने गाउँपालिका–२ अवस्थित नेरामावी लगाममा कक्षा सञ्चालन हुँदै । तस्बिर सौजन्यः नन्दु खनाल ।

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विद्यालयहरु आज (सोमबार) बाट सञ्चालमा आएका छन् । गाउँपालिकाले एक सुचना जारी गर्दै (सोमबार)बाट विद्यालय सञ्चालनमा आएको जानकारी दिएको हो ।

यस अघि टोलटोलमा टोलशिक्षा अध्ययन गराउँदै आएको गाउँपालिकाले विद्यालयमै सामाजिक दुरी कायम गरेर अध्यापन सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कोरोना संक्रमणको अवस्था शून्य भएको र जन गतिविधि पनि सामान्य भएकाले विद्यालय सञ्चालन गरिएको जानकारी दिए ।

यस अघि गाउँपालिकाका विभिन्न विद्यालयहरुका प्र.अ.हरुको असोज पाँच गते बसेको बैठकले विद्यालय खोल्नुपर्ने सिफारिस गरेको थियो । भने शिक्षा विभागले पनि आ–आफ्नो भूगोलको कारणले संक्रमणको स्थितिलाई ध्यान दिँदै विद्यालय खोल्न सकिने भन्ने निर्देशन दिएको थियो ।

सोहि कुराहरुलाई मनन् गर्दै असोज ११ गते बसेको गाउँपालिकाको कार्यपालिकाको बैठकले असोज १२ गतेबाट विद्यालय सञ्चालनको लागि निर्णय गरिएको जानकारी दिए ।