४ जेष्ठ २०८१, शुक्रबार

निमार्ण सम्पन्न नहुँदै भत्किन्छन् प्रदेशका योजना


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा कर्णाली प्रदेश सरकार मार्फतका योजनाहरु निमार्ण सम्पन्न नहुँदै भत्किने गरेका छन् ।
कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तगर्तका योजनाहरु निमार्ण सम्पन्न नभएरै भत्किएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–४ मा रहेको पर्यटकीय क्षेत्र रिग्नेपानीमा ११ लाखमा एक पोखरी र ५ लाखमा एक प्रतिक्षालय निमार्ण सम्पन्न नभएकै भत्किएका हुन् । भत्किएका योजनाको डिभिजन वन कार्यालय कालिकोटले रकम भुक्तानि भने गरिसकेको छ । आर्थिक मसान्त सकिन लाग्दा काम सम्पन्न नभएकै भुक्तानी दिनुपरेको डिभिजन वन कार्यालय कालीकोटले जनाएको छ ।
५ लाख रुपैयाको लागतमा बनाएको प्रतिक्षालयको तस्बिर सामाजिक संजालमा आईसकेपछि डिभिजन वन कार्यालय कालीकोटले प्रतिक्षालयको काम गर्न निमार्ण व्यवसायी एवं खाडाचक्र नगरपालिका–११ का वडा सदस्य तिलबहादुर शाहीलाई निर्देशन गरेको छ । सामाजिक संजालमा ११ लाखमा निमार्ण भएको प्रतिक्षालय भनेर तस्बिर आएपछि निमार्ण व्यवसायी शाहीले ५ लाखमा निमार्ण भएको बताए ।
उनले भने, ‘११ लाखमा सोही ठाउँमा पोखरि निर्माण गरेका हौँ, प्रतिक्षालय ५ लाखमा निर्माण भएको हो ।’ प्रतिक्षालयको निर्माण कार्य सकिएको छैन । असार मसान्तमा वजेट फ्रिज जाने भएपछि आफुहरुले भुत्तानी ल्याइसेकेको हुँ । भौगोलीक कठिनाईका कारण प्रतिक्षालयको निमार्णमा समय लागेको शाहीले बताए । जंगलको विचमा प्रतिक्षालय भएकाले प्रतिक्षालयको एउटा पिलर भाँचिएको छ अव तत्कालै निमार्ण थाल्छु ।
डिभिजन वन कार्यालय कालीकोटले निर्माण सम्पन्न नभएकै भुक्तानी दिनु कमजोरी भएको स्विकार गरेको छ । साहायक वन अधिकृत कृष्नराम धितालले, निर्माण सम्मन्न कार्यस्टेटमेन्ट आएपछि रकम भुक्तानी दिएको बताए । अलिकति काम वाँकिनै रैछ । प्राविधिकले निर्माण सम्पन्नको विल उठाएपछि आफुहरुले भुक्तानी दिएको धितालले बताए ।
गत वर्ष उपभोक्ता समिति मार्फत नरहरिनाथमा पर्यटन मन्त्रालयका अधिकाँश योजना भत्केका थिए । अघिल्लो वर्ष पनि योजनामा अनियमितता भएपछि यो वर्ष ठेक्का प्रक्रिया मार्फत काम गराउनु परेको डिभिजन वन कार्यालयल कालीकोटले जानकारी दियो ।
यति मात्र होइन कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतका योजना निमार्ण हुर्दै भत्किदै गइरहेका छन् । सोही मन्त्रालय अन्तरगर्तको योजनामा मध्ये नरहरिनाथमा निमार्ण गरिएको हेलिप्याट पनि भत्किएको स्थानीय गुनासो गरेका छन् । गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले प्रदेशका योजना निमार्णका लागि गाउँपालिकासंग समन्वय नहुने गरेको बताए । उनले भने, ‘अघिल्लो वर्षका योजनाहरू र यो वर्षका योजनाहरूको बारेमा गाउँपालिकासंग कुनै जानकारी छैन् प्रदेशले कसरी योजना दिन्छ काबाट आउछन् ।’ प्रत्येक वर्ष प्रदेशकै योजनाहरू निर्माण सम्पन्न नभएकै किन भत्किन्छन । गाउँपालिकाबाट विनिजन गरिएका योजना त भत्किदैनन ?