४ जेष्ठ २०८१, शुक्रबार

काँग्रेस नेताले गरे विमानस्थलको अनुगमन


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडमा निमार्णाधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको अनुगमन गरिएको छ । नेपाली काँग्रेस कालीकोटका नेताद्धारा विमानस्थलको अनुगमन गरिएको हो ।
नेपाली काँग्रेसका नेता तिलकप्रसाद न्यौपानेले २०४२ सालमा शिलान्यास गरेको विमानस्थलको काँग्रेस कालीकोटका नेताहरुले अनुगमन गरेका छन् । ३ दशकदेखि निमार्ण थालिएको विमानस्थलको काँग्रेसले अनुगमन गरेको हो । नेपाली काँग्रेस नरहरिनाथ गाउँपालिकाले आयोजना गरेको आमसभामा सहभागि हुन पुगेका काँग्रेस नेताले विमानस्थलको अनुगमन गरेका हुन् ।
काँग्रेसका प्रभावशाली नेता भुपेन्द्रजंग शाही, प्रदेश सभा ख का सभापति दमनबहादुर शाही, तरुण विभागका केन्द्रीय सदस्य मीनबहादुर बोगटीलगायतका नेताले विमानस्थलको अनुगमन गरिएको बताइएको छ ।