१९ बैशाख २०८१, बुधबार

खानेपानीको अभाव भन्दै ध्यानआकर्षण पत्र


कालीकोटः जिल्ला सदरमुकाम मान्ममा खानेपानीको समस्या भएपछि यहाँका नागरिक समाजले ध्यानआकषंण पत्र पेश गरेका छन् ।
नेपाल पत्रकार महासंघ र मानवअधिकार समुह खाँडाचक्रले जिल्ला प्रशासन कार्यालय कालीकोट, खाडाचक्र नगरपालिका र वडा कार्यालयलाई ध्यानआकर्षण पत्र दिएका हुन् । केही महिनादेखि सदरमुकाम मान्ममा खानेपानी आउन छाडेपछि सम्बन्धित निकायले चासो नदिएको भन्दै नागरिक समाजका अगुवाले सम्बन्धित निकायलाई चेतावनी स्वरुप ध्यानआकर्षण पत्र दिएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई खानेपानी समस्या समाधानका लागि ध्यानआकर्षण पत्र दिएका छन् । अध्यक्ष विष्टसंगै सदरमुकाममा बसोवास गर्ने नागरिक समेत खानेपानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । महासंघले अहिले पनि सदरमुकाममा बसोबास गर्ने नागरिक खानेपानी खच्चरले भारी बोकेजस्तै २÷३ घण्टाको बाटो हिडेर ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न माग गरेको छ ।
सिहदरवारको अधिकार गाउँ गाउँमा पुगेको नागरिकले महसुष गर्नुपर्ने अवस्थामा नागरिकका समस्या जस्ताका त्यस्तै रहेको महासंगले ठहर गरेको छ । सवैले स्वस्थ खानेपानी पिउनु पाउनुपर्ने संविधान प्राप्त अहिकार अझै लागु नभएको भन्दै ३ वटा सम्बन्धित निकायलाई ध्यानआकर्षण पत्र दिइएको हो । ध्यानआकर्षण पत्रमा भनिएको छ, ‘ट्याङकिमा रहेको पानि पनि जिल्लाका ठुला ठुला होटल तथा निमाणाधिन घरहरुका लागि राती चोरी निकासी गर्ने गरिएकाले तत्काल रोक्नुपर्छ ।’
संयुक्त रुपमा नेपाल पत्रकार महासंघ र मानवअधिकार समुहले दिएको ध्यानआर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सदरमुकाममा पानीको अभाव नभएको बताए । उनले आफुले पनि खाडाचक्रमा पानी असमान ढंगले वितरण गरेको सुनेको छु । अहिले सदरमुकाममा पानी वितरण पक्रिया मिलेको छैन यसका लागि आफुले यहाँका सम्बन्धित निकाय सवैलाई बसालेर एक हप्ता भित्र नै खानेपानीको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।