२० बैशाख २०८१, बिहीबार

जितेमा रहेको झोलुङ्गे पुल जिर्ण


कालिकोटः जिल्लाको जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण भएको छ । कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको हो । सदरमुकाम रहेको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सिमानामा पर्ने झोलुङ्गे पुल जिर्ण बनेको हो ।
कर्णाली करिडोर जोड्ने खुलालु पुल नबन्दा कर्णालीको भविष्यसंग जोडिएको झोलुङ्गेले पुलले करिडोरको विकास गरिरहेको छ । बर्षौ अघि निमार्ण गरिएको झोलुङ्गे पुलमा विकासीय सामाना ओसार्दा पुल जिर्ण बन्दै गएको छ । पुल जिर्ण भएपछि नागरिकलाई आवत जावतमा सास्ती भएको नागरिकको भनाई छ । कर्णाली नदी माथि जितेमा बनेको झुलङ्गे पुलमा दिनहुँ करिब पाँच सय भन्दा बढीले ओहोर दोहोर गर्छन, तर यो पुलको हालत के कस्तो छ भनि कसैले चासो नदिएको कम्मर बमले बताए । उनले भने, ‘जितेको झुलङ्गे पुलको पुननिमार्णका लागि कसैलाई चासो छैन, अहिले पुलको लाट्ठा, स्टील डेक मा खिया लागिसकेको छ, साइडको मेश जाली गईसकेको छ ।’
झोलुङ्गे पुलमा रहेको जाली च्यातिएको र पुल नै दिन प्रतिदिन कम्जोर हुँदै गएको छ । पुलबाट सामान लिँदा वा मानिसहरु आवतजावत गर्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । दैनिक रुपमा सयौंको संख्यामा यात्रुहरु र जिल्लाका पाँच वटा स्थानीय तहको विकासी सामानहरु कर्णाली तार्ने उक्त पुल जिर्ण बनेपछि सामान ढुवानी तथा आवतजावतका लागि समस्या भएको स्थानीय व्यापारीले गुनासो गरेका छन् । जिते बजारमा फेरी पनि छ । असारमा आएको बाढिले बगाएको फेरी अझै बन्न सकेको छैन । फेरी नियमित संचालनमा नहुदा गाडीमा आएको सामान त्यही झोलुङ्गे पुलबाट कर्णाली पारी ओसार्ने गरिएको छ ।


सुर्खेत नेपालगञ्जबाट विकास निर्माण, स्थानीय हाटबजारका लागि आएको सबै किसिमको सामानहरु झोलुङ्गे पुलबाटै तार्नु पर्ने बाध्यता छ । तर पुल जिर्ण बन्दा कसैले पनि त्यसको मर्मतका लागि पहल भने गरेका छैनन् । जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेण गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा जाने हरेक विकासी सामानहरु पनि जितेमा रहेको झोलुङ्गे पुलबाटै कर्णाली तार्नु पर्ने बाध्यता रहिआएको छ ।
उक्त पुलमा नागरिक मात्र होइनन् दिनहुँ सरकारी तथा निजी मोटरसाइकहरुले पनि यो पुल भएर कर्णाली करिडोर र कर्णाली राजमार्गमा आउने जाने गरेका छन् । कर्णाली करिडोर सञ्चालनमा आएपछि कर्णाली तर्ने हरेक मोटरसाईकल यात्रुहरुले यही झोलुङ्गे पुल भएर आवतजावत गर्ने गरेका छन् । मान्छे र पशुवस्तु हिड्न बनाईएको झोलुङ्गे पुलमा मोटरसाईकल, विकासी सामानहरु ओसार्दा पुल जिर्ण भएको हो ।