२१ बैशाख २०८१, शुक्रबार

शेरबहादुर देउवा पाँचाैपटक प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं । कांग्रेस सभापति शेबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

देउवा अहिले गठबन्धनसँग छलफलमा छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

देउवा पहिलोपटक २०५२ सालमा, दोस्रोपटक २०५८ सालमा, तेस्रोपटक ६१ सालमा र चौथोपटक २०७४ सालमा प्रधानमन्त्री बनेका थिए ।