५ जेष्ठ २०८१, शनिबार

द्वन्द्वमा अपाङ्गता भएका सहायक प्रहरी निरिक्षक किशोर अपाङ्गता रोजगारी दिन तल्लिन


सुर्खेत । कालिकोटको खाडाँचक्र नगरपालिका–६ दाहाँ २०३५ सालमा जन्मिएका किशोर शाही नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक हुन् । नेपाल प्रहरीमा २०५८ सालमा सहायक प्रहरी निरीक्षकका रुपमा प्रहरी सेवा प्रवेश गरेका किशोरको २०६१ माघ १४ गते गस्तीमा रहेका बेला तत्कालिन माओवादी सेनासँग कैलालीको मुसुरियामा दोहोरो भिडन्त भयो ।
गस्तीमा रहेको किशोरको टोलीसँग माओवादीसँग दोहोरो भिडन्तमा परेर उनको ढाँडमा गोली लाग्यो । ‘स्पाइनल कर्ड इन्जुरी’ भयो । उनको शरिरको तल्लो भाग चल्दैन् । १६ वर्षयता ह्विलचेयरको सहारामा यताउती गर्छन् ।
कर्णालीका एक लाख ६० हजार अपाङ्गताका रहेको त्यसमध्ये विगतमा द्वन्द्वमा कयौ अपाङ्गता भएको अहिले विगतको द्वन्द्वमा भएका पक्ष नै सरकारमा रहेको बताए । ‘हिजो माओवादी बिद्रोही थियो । अहिले उ सत्तामा छ । अपङ्गताका पक्षमा के काम गर्नुभएको छ । केही थाहा नै छैन् ।’ उनले भने,‘म त सरकारको तलव खाएर जीवन धानिरहेको छु । माओवादी जनयुद्धमा लागेर घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको झन बेहाल अवस्था छ । तिनीहरुलाई सम्झेर पनि उहाँले केही न केही गर्नुपथ्र्यो ।’
त्यो बेला माओवादी जनयुद्धमा गाउँ गाउँका युवाहरु लागेको उनीहरुलाई बिभिन्न सपना देखाइएको जनयुद्धका नेतृत्वकर्ताले अहिले आफुले मात्र फाइदा लिएको जनयुद्धमा लागेको योद्धा, घाइते अपाङ्गता भएका व्यक्तिको अवस्था नाजुक रहेको किशोर बताए । ‘माओवादी जनयुद्धका लागेको नेताहरुले राम्रो फाइदा लिए । घाइते अपाङ्गता भएका व्यक्तिलाई केही गरेनन् ।’ उनले भने,‘अहिले उहाँहरु सरकारमा रहेका बेला त घाइते तथा अपाङ्गताका भएका व्यक्तिहरुलाई रोजगारमूलक क्षेत्रमा सीप सिकाउन लागि तालिम दिन त सकिन्थ्यो ।’
कम्युनिष्टहरुको सरकार स्थानीय तहदेखि केन्द्रसम्म हुँदा पनि अपाङ्गता भएका व्यक्तिलाई केही काम गर्न पनि नसकेको किशोरको गुनासो गरे । ‘मैले कर्णालीका मुख्यमन्त्री शाहीलाई भेटेर पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन पहल गर्नु पर्यो भने ।’ उनले भने,‘तर, दुई तिहाइको सरकारले हालसम्म पनि केही गर्न सकेको छैन् ।’
अपाङ्ता भएका नागरिकलाई सीप सिकाउने योजना
किशोर आफु ह्विलचियरमा हिडे पनि आफु जस्तै अपङ्गता भएकालाई रोजगारमुलक क्षेत्रमा सीप सिकाउने अभियानमा रहेको बताए ।
सुर्खेतको वीरेन्द्रनगर–४ तातोपानीमा बस्दै आएका शाहीले केही समय १५ जना अपाङ्गता भएकालाई साढे १३ महिनासम्म सिलाइ–कटाइ सम्बन्धी तालिम संचालन गरेर अहिले सबै जनाले आफै काम गरेर खान सक्ने भएको बताए । ‘अहिले सबै जना रोजगारीको क्षेत्रमा लागेका छन् ।’ उनले भने,‘केहीलाई अटो चलाउने तालिम दिएका थियौं । उनले पनि काम गरिरहेका छन् ।’
अपाङ्गता भएकालाई खेल क्षेत्रमा पनि लगाउन सकिने ह्विलचेयर बास्केट बल, क्रिकेट, स्वीमिङ धरान, पोखरा, चितवन, जुम्ला, कालिकोट, मुगुमा ह्विलचेयर बास्केट बल प्रतिस्पर्धा समेत गराको उनले बताए ।
कृषि क्षेत्रबाट पनि अपाङ्ता भएकालाई रोजगारी उपलब्ध गराउन सकिने उनले बताए । ‘४० जना अपाङ्गताको समूह दर्ता गरेर वीरेन्द्रनगरको कोलडाडामा कृषि समूह दर्ता गरेका छौं ।’ उनले भने,‘त्यहाँबाट पनि केहीलाई रोजगारी उपलब्ध गराउने योजना रहेको छ ।’
गृह जिल्ला कालिकोटमा अपाङ्गता भएका नागरिकलाई केही गर्ने सोच रहेको किशोरले बताए । ‘म आफ्नो गृह जिल्ला कालिकोट गएर त्यहाँका अपाङ्गता भएका व्यतिmहरुलाई केही गर्ने सोचेको छु ।’ उनले भने,‘कालिकोट विकट छ । सुर्खेतमा मजस्ता अपाङ्ता भएकाले ह्विलचियर लगाएतका अन्य साधनमा हिड्न सक्छन् । कालिकोटमा घरमा नै बस्नुपर्ने बाध्यता छ । उनीहरुको आत्मविश्वासलाई अझ मजबुत बनाएर सीपमूलक तालिम सिकाउने योजना रहेको छ ।’