५ जेष्ठ २०८१, शनिबार

प्रदेश प्रमुख तिलक परियारलाई मुख्यमन्त्री शाहीले गरे स्वागत


सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई मुख्यमन्त्री शाहले स्वागत गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख परियारलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाही र सभामुख राजबहादुर शाही स्वागत गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसभन्दा अघि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको हटाएर परियारलाई कर्णाली प्रदेशको प्रमुख नियुक्त गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि परियार शुक्रबार पदभार ग्रहण गर्न सुर्खेतमा पुगेका हुन् ।
सुर्खेत पुगेर प्रदेश प्रमुख परियारले आफ्नो कार्यभार समालेका छन् ।