४ जेष्ठ २०८१, शुक्रबार

सबै खाले कला संस्कृतीको विकास गर्नुपर्छः धमला


सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा कर्णाली प्रदेश समितिका सल्लाहकार कृष्णराज धमलाले लोक संस्कृतीको संरक्षण गर्न सबै पक्षलाई लाग्न आग्रह गरेका छन् ।
मूलुकमा समृद्धि ल्याउनमा कला, संस्कृतीको अंहम् भूमिका रहेको भन्दै उनले प्रतिष्ठानले स्थानीय तहसम्म पुगेर कला, संस्कृती र साहित्यको विकासमा लागि पर्नुपर्नेमा जोड दिए ।
हालै गठन भएको प्रतिष्ठानको कालीकोट शाखालाई सम्मान गर्न प्रतिष्ठानको कर्णाली प्रदेश आयोजना गरेको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य तथा कालीकोट शाखाका संरक्षकसमेत रहेका धमालाले विगतमा केही व्यक्तिहरुका कमजोरीका कारणले कालीकोट शाखा विगठन भएको र आगामी दिनमा सबै क्षेत्रका कलाकारहरुलाई समेट्दै नमूना शाखा बनाउन अभियानम लाग्न आग्रह गरे ।
प्रदेश समितिका अध्यक्ष रामबहादुर बुढाको अध्यक्षतामा भएको सम्पन्न भएको सम्मान कार्यक्रममा बाल्दै नवनिर्वाचित कालीकोट शाखाका अध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेले सबै कलाकारहरुको साझा संस्थाका रुपमा शाखालाई विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सुर्खेत शाखाका अध्यक्ष खड्क चन्द, सल्लाहकार यज्ञ विसीलगाएतका वक्ताहरुले कालीकोट शाखालाई सक्दो सहयोग गर्ने प्रतिबवद्धता समेत व्यक्त गरेका थिए ।