२३ बैशाख २०८१, आईतवार

कर्णालीमा विप्लवका १६ कार्यक्रता पक्राउ


सुर्खेत । कर्णाली प्रदेशमा बन्द गराउँदै हिडेका विप्लवका १६ जना कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । रुकुमपश्चिमबाट १२ जना र सुर्खेतबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र ३ मा बन्द गराउदै हिडेका अवस्थामा ४ जना र रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलंगा बजारमा गुडीरहेका सवारी साधनका चाबी थुतिरहेका अबस्थामा विद्यार्थी संगठनका जिल्ला अध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।