४ जेष्ठ २०८१, शुक्रबार

मंसिर १४ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि मंसिर १४ गते कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ ।
प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आव्हान गरेका हुन् ।
प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए ।
शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए ।