४ जेष्ठ २०८१, शुक्रबार

तीन दिनमा लागूऔषधसहित ५ जना पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तिन दिनको अवधिमा लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । यही पुस १२, १३ र १४ गतेका दिन सूचनाका आधार लागुऔषधसहित ५ जना पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
पुस १४ गतेका दिन वीरेन्नद्रनगर नगरपालिका– १० पदमपुरमा बाँके कोहलपुर नगरपालिका–५ का १८ वर्षीय ज्ञानु पौडेललाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित १.७७ ग्राम, शुद्द १.५४ग्रामसहित नियन्त्रणमा लिई अनुसन्धानको भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सोही दिन वीरेन्द्रनगर नगरपालिका– ११ सुब्बाकुनामा लागूऔषध बाँके नेपालगञ्ज उप–महानगरपालिका– १६ का २५ वर्षीया पुजा खनाललाई नाईट्राभेट ७८ पिस ट्याब्लेट, कोरेयक्स ३.५ सिसि, ट्रामाडोल ३७ पिस ट्रयाब्लेट, अलफा जोलन ४० पिस ट्रयाब्लेटसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पुस १३ गते वीरेन्द्रनगर नगरपालिका –६ मंगलगढी चोकमा लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित ४.२० ग्राम, शुद्व ३.४० ग्राम र क. प्र. ०२००१ प. ९०१९ नम्बरको मोटरसाईकलसहित दुई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।