१९ बैशाख २०८१, बुधबार

मध्यपश्चिम विश्वविद्यालय सबै परीक्षा स्थगन


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । कोरोना महामारीको तेस्रो लहर व्यापक बढ्दै गएका कारणले विश्वविद्यालय सम्पूर्ण परीक्षाका कार्यक्रम स्थगित गरेको हो ।
परीक्षा व्यवस्थापन कार्यालयले कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिएको कारणे सञ्चालन भइरहेका र हुने सबै परीक्षाका कार्यक्रम स्थगन भएको मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसका प्रमुख तेजविक्रम बस्नेतले जानकारी दिए । ‘अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको छ ।’ उनले भने,‘विश्वविद्यालयमा केही संकायको परीक्षा भइरहेको थियो भने, केही संकायको परीक्षा हुने थिए । ती सबै स्थगन भएका छन् ।’
स्थगन भएका परीक्षाहरु पुनः महामारी नियन्त्रणमा आउँदा साथ सञ्चालन हुने विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।