२० बैशाख २०८१, बिहीबार

कर्णालीमा ९८.९५ प्रतिशत मत खस्यो


सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो ।
कर्णालीमा रहेका १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका छन् भने दुई जना मतदाता अनुस्थित भएका छन् ।
राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य १ जना र एक जना पालिकाका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन् । ‘स्थानिय तह अन्तर्गत ९९.३५ प्रतिशत मत खसेको छ ।’ उनले भनिन्,‘प्रदेशसभा अन्र्तगत ९७.१४ प्रतिशत मत खसेको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य सोशिला शाही मतदान गरिनन् भने कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारणले अनुस्थित रहेकी थिइन् ।