१९ बैशाख २०८१, बुधबार

लेखापालमाथि हातपात गर्ने क्याम्पस प्रमुख निलम्बन


कालीकोटः जिल्लाको तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंह निलम्बनमा परेका छन् ।
क्याम्पस प्रमुख सिंहले माघ २४ गते मदिरा सेवन गरि क्याम्पसका लेखापाल पदम विष्टमाथि हातपात गरेका थिए । लेखापालमाथि भएको हातपातले विद्यालयका शिक्षक र कर्मचारीले संयुक्त विज्ञप्ती निकाली कानुनी कार्वाहीको माग गरेका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखापाल माथि हातपात गरेको भन्दै क्याम्पस प्रमुख सिंहलाई निलम्बन गरि रुद्ध सापकोटालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको छ ।