१९ बैशाख २०८१, बुधबार

बालमैत्री धारा निमार्ण भएपछि विद्यार्थीमा छायो खुसी


कालीकोटः कालीकोटको नरहरिनाथ गाउँपालिका–२ र ३ वडाका बालबालिकाले खानेपानीको सुविधा पाएपछि हर्षित भएका छन् । वर्षौंदेखि खानेपानीको समस्या झेल्न बाध्य बालबालिकाहरु विद्यालयमा बालमैत्री धारा जडान भएपछि हर्षित भएका हुन् । बालमैत्री धारा जडानपछि बालबालिकालाई पानी पिउन सजिलो भएको छ ।
नरहरिनाथ गाउँपालिका–२ मा रहेको चौथिकोट आधारभुत विद्यालय र वडा नं ३ मा रहेको रमा माध्यमिक विद्यालयमा बालमैत्री धारा जडान भएपछि पानी पिउन सजिलो भएको छ । प्लान इन्टरनेशनल नेपाल र साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको साझेदारीमा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानसिलता परियोजनाद्धारा विद्यालयमा बालमैत्री धारा निमार्ण भएका हुन् । विद्यालयमा पानीको समस्या हुदा विद्यार्थीले विचमै कक्षा छोड्नुपर्ने, घरबाट बोत्तलमा पानी ल्याएर खानुपर्ने बाध्यता रहेकोमा अहिले त्यो बाध्यता हटेको चौथिकोट आधारभुत विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद न्यौपानेले बताए ।
उनले भने, ‘विद्यालयमा पानी नहुँदा विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि पानीको समस्या हुन्थ्यो । विद्यालयमा रहेका शौचालय फोहोर हुन्थ्ये, विद्यार्थीले कुवाको दुषित पानी पिउनु पथ्यो, अहिले विद्यार्थीले स्वच्छ पानी पिउन पाएका छन् ।’


पेस नेपालको ७ लाख ४५ हजार दुई सय एकहत्तर रुपैयाको लागतमा २ वटा विद्यालयमा १८ वटा बालमैत्री धारा निमार्ण भएका छन् । बालमैत्री धारा निमार्ण भई पानी नियमित धारामा आउन थालेपछि पानीको समस्याले विद्यालय छोड्नु नपर्ने नरहरिनाथ गाउँपालिका वडा नं २ मा रहेको चौथिकोट आधारभुत विद्यालयमा कक्षा ८ मा अध्ययरत छात्रा कविता विकले बताइन् । उनले भनिन् ‘पहिले पानी तिर्खा लाग्यो भने, विचमै कक्षा छोडेर करिव १० मिनेट हिडेर खोलामा पानी खान जानु पथ्यो ।’
विक मात्र होइनन् नरहरिनाथ गाउँपालिकामा बालमैत्री धारा निमार्ण भएपछि सवै विद्यार्थी खुसी भएका छन् । पहिले खोलाको दुषित पानी पिउदा बालबालिकामा पेट दुख्ने, झाडापखाला लाग्ने समस्या हुने गरेको थियो । अहिले ती सवै समस्या समाधान भएको छ ।
बालमैत्री धारासंगै विद्यालयमा आवश्यक सामाग्रीहरु फिल्टर,डस्वीन पेस नेपालले सहयोग गरेपछि विद्यालयको स्वरुपमा परिवर्तन भएको शिक्षकले बताएका छन् । खानेपानी सरसफाई र स्वच्छता सम्बन्धि पेस नेपालले जनचेतना फैलाउर्दै आएपछि अहिले प्रत्येक विद्यालयले खानेपानी सरसफाई र स्वच्छतामा ध्यान पु¥याउर्दै आएको रमा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र बटालाले बताए ।
पेस नेपालले नरहरिनाथ गाउँपालिका १ को नन्दादेवि मावि मा २ लाख ४० हजार ८ सय ७१ मा शौचालय मर्मत , नुवादेवि आधारभुत विद्यालयमा २ लाखको सहयोगमा जोखिम व्यवस्थापन घेरवार चौथिकोट आधारभुत विद्यालयमा ३ लाख १६ हजार २ सय ८७ मा बालमैत्री धारा र सेफ्टी ट्याङकी, रमा माध्यमिक विद्यालयमा ४ लाख २८ हजार ९ सय ८५ मा बालमैत्री धारा निमार्ण गरिएको पेस नेपालका प्राविधिक एकराज चौलागााईले बताए ।
उनले नरहरिनाथ गाउँपालिकामा भौतिक संरचना निमार्णका सामाग्रीको मुल्य जिल्ला दररेट अनुसार भएकाले काम गर्न चुनौति भएको बताए । भौगोलिक कठिनाईका कारण जिल्ला दररेट नरहरिनाथ गाउँपालिकामा लागु गर्न नसकिने उनको भनाई छ । पेस नेपाल जूम्लाले भौतिक संरचना सहित प्रत्येक विद्यालयमा महिनावारी स्वच्छा व्यवस्थापन कोठा समेत निमार्ण गरेको खानेपानी सरसफाई स्वच्छता उत्थानशिल परियोजनाका परियोजना अधिकृत शंकर प्रसाद उपाध्यायले बताए ।
स्थानीय तहले निमार्ण गरेका भौतिक संरचना भन्दा पनि सहयोगी संस्थाहरुले निमार्ण गरेका संरचना गुणस्तरीय भएको नररिनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गालाल न्यौपानेको भनाई छ । उनले भने ‘सहयोगी संस्थाले आफुले निमार्ण गरेका संरचनाको नियमित अनुगमन गर्न भएका कारण गुणस्तर हुन्छ ।’ पेस नेपालले खानेपानी सरसफाई र स्वच्छता सम्बन्धि गाउँ गाउँमा पुगेर जनचेतना फैलाउदै गएपछि अहिले नागरिकले सरसफाई संगसंगै शुद्ध खानेपानीमा पनि ध्यान दिन थालेको स्वास्थ्य सहसंयोजक पावती बटालाले बताइन् ।
पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेका अनुसार कर्णालीका लक्षित तथा पिछडिएका समुदायमा बस्ने मानिसहरुको खानेपानी सरसफाइ तथा स्वच्छताका क्षेत्रमा पेस नेपाल जुम्लाले बिगत लामो समय देखि काम गर्दै आएको र लक्षित समुदायको क्षमता विकास, सशक्तिकरण तथा संरचनागत सुदृढिकरणका माध्यामबाट बिद्यालयका बालबालिकालाइ स्वास्थ्य, शिक्षा र स्वच्छ खानेपानीका क्षेत्रमा काम गरिरहेको बताए । संस्थाले गरिरहेका कामलाइ थप विकास गर्न अध्यक्ष न्यौपाने समुदायको सहभागितामा लक्षित बर्गलाइ उत्थान गर्न स्थानीय सरकार संग मिलेर निरन्तर काम गरिरहेको समेत उल्लेख गरे ।
पेस नेपाल जुम्लाले कालीकोटको नरहरिनाथ गाउँपालिकामा संचालन गरेको खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानसिलता परियोजनाले बिद्यालयमा निमार्ण गरिएका संरचनाको सुरक्षा तथा व्यवस्थापनका लागि कार्य योजना बनाइएको छ । बिद्यालयमा खानेपानी सबै बालबालिकाको पहुचमा पु¥याउन बिद्यालय खानेपानी सुरक्षा समितिको समेत गठन गरिएको छ ।