२० बैशाख २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारले ८ प्रकारका छात्रबृत्ति उपलब्ध गराउने


 

सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यायन गर्न चाहनेका लागि आठ प्रकारका छात्रबृत्ति उपलब्ध गराउने भएको छ । एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्यायन गर्न चाहनेले आठ प्रकारका छात्रबृत्ति पाउने भएका हुन् ।
एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही चैत ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवत्ता विन्दमान विष्टले बताए । ‘यसबाट आठ प्रकार छात्रबृत्ति उपलब्ध हुनेछ ।’ उनले भने,‘यसले गर्दा उच्च शिक्षा पढ्न चाहने जेहेन्दारका लागि सहज हुनेछ ।
प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, ईन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने प्रवत्ता विष्टले जानकारी दिए ।
त्यस्तै, उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभुत तथा माध्यामिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागी सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र जनयुद्घ शहिदका सन्ततीका लागी उच्च शिक्षा छात्रवृत्ति कर्णाली प्रदेश सरकारले उलब्ध गराउने प्रवत्ता विष्टले बताए ।