५ जेष्ठ २०८१, शनिबार

सडक कालोपत्रेदेखि नगरस्तरीय पत्रकार राहत कोष स्थापना


कालीकोटः आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरि जिल्लाको खाडाचक्र नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखकी उम्मेदवार तारा शाहले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेकी छन् ।
उनले खाडाचक्र नगरपालिकाको प्रमुखमा विजयी भए नगरभित्र रहेका सडक कालोपत्रे देखि नगर स्तरीय पत्रकार राहत कोषको स्थापना गर्ने प्रतिवद्धता सार्वजनिक गरेकी छन् । खाडाचक्र नगरपालिकामा पहिलो पटक काँग्रेसका तर्फबाट नगरप्रमुखमा महिलाले टिकट पाएको स्मरण गराउर्दै शाहले महिलालक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेकी छन् ।
टोलटोलमा मेयर कार्यक्रम संचालन गर्दै जनताका समस्या समाधान गर्ने, महिलाहरुलाई आयआर्जनका काममा सक्रिय बनाउने, प्रत्येक वडामा महिला उद्यमशिलताको बिकास गर्ने लगायतका प्रतिवद्धता गरेकी छन् ।