२२ बैशाख २०८१, शनिबार

कालीकोटका जनप्रतिनीधिले लिए सपथ, गरे पदभार ग्रहण


कालीकोट: कालीकोटका नौ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सोमबार पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट चुनिएर आउनु भएका जनप्रतिनीधिहरुले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
नवनिर्वाचित पालिका प्रमुख तथा अध्यक्षहरुलाई जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले उनीहरुलाई सपथग्रहण गराएका छन् ।
सपथ लिनेहरुमा खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाही, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले शपथ लिएका छन् ।
यस्तै, सपथसँगै तत्काल पदभार ग्रहण गर्नेमा खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही रहेकाछन् ।
नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, महावै गाउँपालिका अध्यक्ष खेमवहादुर सिहंले पनि पदभार ग्रहण गरेका छन् ।