२२ बैशाख २०८१, शनिबार

वडामा गिरीकाे सत्ता, घरघरमा सामाजिक सुरक्षा भत्ता


कालीकाेट: जिल्लाकाे शान्नित्रिवेणी गाउपालिका-१ का वडाध्यक्ष बैकुण्ठराज गिरीले पदभार समालेका छन् ।
बैशाख ३० गते भएकाे स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित गिरीले साेमबार पदभार समालेका हुन् । उनले पदभार समालेसंगै निवर्तमान वडाध्यक्ष, वडा सदस्यलाई सम्मानका साथ बिदाई पनि गरेका छन् । पदभार ग्रहणसंगै गिरीले ७० बर्षभन्दा माथिका नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने, यदि पुर्याउन नसके वडाबाट बैकसम्मका लागि गाडि निशुल्क गर्ने, वडामा आपतकालिन उद्दार गर्नु पर्ने अबश्था आएमा कुनै पनि भाडा नलिने र एसईई परिक्षामा प्रथम र दितृय हुने छात्र र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेका छन् ।