२० बैशाख २०८१, बिहीबार

कानुन समाजको अध्यक्षमा बम


सुर्खेत । कर्णाली कानुन समाजको अध्यक्षमा तेजबहादुर बम चयन भएका छन् । कानुनको क्षेत्रमा अध्ययन अनुसन्धान, नीति पैरवी गर्ने उदेश्यका साथ ‘कर्णाली कानून समाज’ स्थापना भएको हो ।
कर्णालीमा कानुनी साक्षरता जगाउनका लागि कानुन समाजको गठन भएको हो ।
कर्णाली प्रदेशस्तरको कानुन पुस्तकालय स्थापना गरि नागरिकमा कानुनी साक्षरता संचालन गर्ने उद्देश्य रहेको संस्थाका अध्यक्ष तेजबहादुर बमले बताए ।
‘कर्णाली कानून समाज’ को उपाध्यक्षमा संगिता खड्का (सुर्खेत), महासचिव सचिन तिमिल्सेना (दैलेख), सचिव आशीका बुढा(जुम्ला), गोपालबहादुर ऐडी (मुगु) र कोषाध्यक्ष स्वीकृति थापा मगर (सुर्खेत) रहेका छन् ।
सदस्यमा कमल शाही (हुम्ला), दक्षिनासिंह ठकुरी(डोल्पा),  रहेका छन् ।