२१ बैशाख २०८१, शुक्रबार

काँक्रेबिहार हाफ म्याराथुनमा पुन भए प्रथम


 

अन्तर्राष्ट्रिय ओलम्पीक डे को अवसरमा सुर्खेतमा काँक्रेविहार हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फ तिर्थबहादुर पुन प्रथम भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरको आयोजनामा काँक्रेविहार हाफ म्याराथन प्रतियोगितामा पुन प्रथम भएका हुन् ।

वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचोकमै पुगेर सम्पन्न भएको प्रतियोगितामा २१ किलोमिटर दौडमा पुरुषतर्फ प्रथम तिर्थकुमार पुन, दोस्रो राजन रोकाय, तेस्रो चिनेबहादुर बुढा, चौथो खगेन्द्रबहादुर भाट, पाँचौ सुवास कार्की र छैटौं श्रीकाश राई विजयी भएका छन् । उनीहरुलाई क्रमस ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौडमा विकास विक प्रथम, अजय विक दोस्रो र प्रकाश बुढा तेस्रो भएका छन् । महिलातर्फ बिमला कार्की, निशा मल्ल र लक्ष्मी शाही विजयी भएका छन् । उनीहरुलाई पनि नगद पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।