२२ बैशाख २०८१, शनिबार

केही साथीको कुण्डाका कारणले हामी केही ठाउँमा हा¥र्यो, नत्र चार सयभन्दा स्थानीय तह जित्थ्यौंः उपसभापति खड्का


सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनमा चार सयभन्दा स्थान कांग्रेस विजयी हुने अवस्थामा केही साथीको कुण्डाका कारणले कम सिट जितेको बताएका छन् । आइतबार सुर्खेतमा आयोजना गरिएको स्थानीय तहका निर्वाचित भएका जनप्रतिनीधिलाई प्रशिक्षण दिँदै एमालेभन्दा एक लाखभन्दा बढी मत ल्याएको तर, केही साथीको कुण्डाका कारणले केही स्थानीय तह हारेको बताएका हुन् ।
एमालेको भन्दा एक लाख ५० हजार बढी मत ल्याएको बताए । ‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन् ।’ उपसभापति खड्काले भने,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस ।’
उपसभापति खड्काले पार्टी भित्रको कुण्डाका कारणले केही ठाउँमा पराजित भएको बताए । ‘हामी देशभरका चार सय बढी स्थानीय तह जित्ने थियौं ।’ उनले भने,‘तर, केही साथीको कुण्डाका कारणले हलो र सुर्य मत दिएका कारणले हामीले हार्नुप¥र्यो । उहाँहरुले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन् ।’
पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था विमति भएपनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उनले बताए । ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उनले भने,‘व्यक्तिगत विवाद समिक्षा गर्न आवश्यक रहेको छ ।’
‘सभापति देउवासँग केहीको व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उनले भने,‘तर, पार्टी जीवन लगानी गरेका साथीहरुले अरुलाई मतदान गर्नु भए नी ?’
उपसभापति खड्का उपस्थित कार्यक्रममा संस्थापन इतर कांग्रेसले बहिष्कार गरेको छ ।