७ बैशाख २०८१, शुक्रबार

हुम्ला (क) मा माओवादीका रणसिंह परियार विजयी


हुम्ला (क) मा माओवादीका रणसिंह परियार विजयी

सुर्खेत। हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

उनको प्रतिस्पर्धीको रूपमा उनकैविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए । परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरे ।

यस्तै, नेकपा एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गरे । पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका परियार कर्णालीमा एक मात्र दलित सांसद बनेका हुन् ।