सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता


काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय भएकाे बताए । उनले भने, ‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ ।’
पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र उनले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको पौडेलले बताए । सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको उनको आरोप छ ।