२८ असार २०८२, शनिबार

बेपत्ता भएको तीन दिनपछि सहकारी शव फेला


सुर्खेत । कालीकोट विहिवार खोलाले बगाउँदा बेपत्ता भएका धनबहादुर सहकारीको शव तीन दिनपछि शनिवार फेला परेको छ । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ५ का धनबहादुर सहकारीलाई खोलाले बगाएको थियो ।

खाती रुप्साबाट फिर्ता हुँदै गर्दा जात्तताडा खोलाले बगाएर सहकारी खोलामा बेपत्ता भएका थिए ।

उनको आज (शनिबार) शव फेला परेको शिक्षक टेकबहादुर विश्वकर्माले बताए । ‘शुक्रबारदेखि इलाका प्रहरी कार्यालय कुमालगाँउ, नगर प्रहरी र स्थानीयको लगातार खाजी कार्यपछि आज करिव चार किलोमिटर तल डोभिटामा शव फेला परेको छ ।’ उनले भने,‘शरीरको आधा कपडा मात्र रहेको अवस्थामा शव खोला किनारमा फेला परेको हो ।’