२३ कार्तिक २०८१, शुक्रबार

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो रिट


काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ।
अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनको रिट दर्ता प्रक्रियामा छ।
टिकटक बन्दले लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रतामा प्रश्न उठेको जिकिर गरिएको छ।
अभिव्यक्ति स्वतन्त्रताको समेत भएको दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन्।