अझै आएन भूकम्पपीडितको एकीकृत तथ्यांक
सुर्खेत। जाजरकोटमा भूकम्प गएको १७ दिन बितिसक्दा पनि प्रभावितहरूको एकीकृत तथ्याङ्क अझै आउन सकेको छैन । राहत वितरणमा एकद्वार नीति अपनाइएको छ । ज्यान गुमाएका परिवार, पूरै घर भत्केका र चर्केकाका परिवारको वर्गीकरण नगरी हचुवाका भरमा राहत वितरण गरिएको छ । तथ्यांककै अभावमा राहत वितरण र पुनर्निर्माणमा अन्योल देखिएको छ ।स्थानीय, प्रदेश र संघीय सरकारका निकायबीच आपसी समन्वय नहुँदा राहत वितरणमा जथाभावी भएको छ ।पुनर्निर्माण र पुनर्स्थापनको काममा पनि ढिलाइ भइरहेको छ ।
तीनवटै निकायको फरकफरक तथ्याङ्क हुँदा वडा कार्यालयले आफूखुसी राहत वितरण गरिरहेका छन् । एकीकृत तथ्याङ्क नहुँदा राजनीतिक दाउपेचमा राहत वितरण भइरहेको भेरी–१ का दलबहादुर विकले बताए ।
कर्णालीपाटी । ६ मंसिर २०८०, बुधबार ११:०७