वीरेन्द्र शाहीको स्मृतिमा अक्षयकोष स्थापना
सुर्खेत। शहिद वीरेन्द्र बहादुर शाहीको नाममा अक्षयकोष स्थापना गरिने भएको छ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा ९ का शाहीको १० वर्षीय जनयुद्धका क्रममा विद्रोही पक्षबाट २०५५ साल माघमा हत्या भएको थियो । शहिद शाहीका छोरा प्रकाश शाहीले वडाको शिलतपानी स्थित दलित बस्तिमा रहेको जनजारण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये उत्कृष्टता हासिल गर्ने विद्यार्थीका लागि उक्त अक्षयकोष घोषणा गरेका हुन् ।
प्रहरी नायब निरिक्षकसमेत रहेका प्रकाश शाहीले भने, ‘हामीले हाम्रो बुबाको स्मृतिमा ५१ हजार एक सय राशिको अक्षयकोष स्थापना गर्ने तयारीमा छौं । आगामी माग ५ गते उक्त अक्षय कोष कानूनी रूपमा स्थापना गरिनेछ । मेरोतर्फबाट अहिलेलाई विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडाका निम्ति १० हजार जति सहयोग गर्नेछु ।’ उनले भने, ‘अक्षयकोषमा रहने रकमको वार्षिक ब्याज जति आउछ त्यसको दोब्बर बनाएर स्कुलको उत्कृष्ट विद्यार्थीलाई प्रधान गरिनेछ । हाम्रो उद्देश्य भनेको विपन्न वर्ग समुदायका विद्यार्थीहरू मध्य उत्कृष्ट अंक ल्याउनेलाई हौसला स्वरुप उक्त रकम पद्रान गरिनेछ । बुबाको स्मृतिमा केही समाजसेवाका काम गरौं भन्ने हो। बुबा स्थानीय राजनीतिज्ञ हुनुहुन्थ्यो ।’
‘प्रकाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘हाम्रो कालिकोट जिल्लाको नरहरीनाथ गाउपालिका ९ को दलित बस्तिमा रहेको जनजागरण आधारभुत विद्यालय सितलाका साना नानी बाबू विद्यार्थीहरू जाडोले विद्यालय आउन कठिनाई भएको हुँदा मेरो मित्र विद्यालयका प्रधानाध्यापक बुद्धिसिंह बिष्टसँग कुराकानीको क्रममा विद्यार्थीहरुलाई ट्रयाकसुट बनाउने योजना रैछ । विद्यालगयको स्रोत नहुँदा सबैको सहयोगमा बनाउने योजना सुनाउनु भयो । मैले ठिक छ, मेरो त्यसमा सहयोग हुनेभयो भने र मैले यसभन्दा पहिला पनि भनेको थिएँ कि पिताजि स्व।शहीद वीरेन्द्र बहादुर शाहीको नाममा वार्षीक उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरीने गरि ५११०० राशिको अक्षयकोष स्थापनागर्छु भनेर । यो रकम यही विद्याययको नाममा स्थापना गरिने पनि उदघोष गरें ।’
कर्णालीपाटी । २७ मंसिर २०८०, बुधबार १२:५४