२३ बैशाख २०८१, आईतवार

दैलेखमा पुष ७ गतेबाट टाइफाइड खोपको अभियान चलाइने


वीरेन्द्रनगर। दैलेखमा पुषको ७ गतेदेखि २० गतेसम्म टाइफाइड खोप सम्बन्धि अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकले पुष ७ गतेबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

एक बर्ष बढी उमेरका बालबालिकाको लागि खोप सेवा विस्तार गर्दै जाने स्वास्थ्य सेवा कार्यालय दैलेख खोप व्यवस्थापक थिरप्रसाद रेग्मीले बताए । ‘सबै पालिकालाई समन्वय गरेर अगाडि बढ्नेछ ।’ उनले भने,‘१६ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइड खोप दिन लागिएको हो ।’

टाइफाइड खोप अभियानको लक्ष्य, उद्देश्य र सञ्चालन प्रक्रिया तथा उपलब्धी तथा अबस्थाको बारेमा सरेकारवालाहरुलाई जानकारी गराई स्थानीयस्तरमा त्यसको पहुँच बृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको प्रमुख रेग्मीले जानकारी दिए । ‘दैलेखका ११वटा पालिकामा खोप सम्बन्धि तालिम स्वास्थ्यकर्मीलाई दिने उनले समेत जानकारी दिए।पहिलो चरणमा पौष ६ गते देखि २० गतेसम्म दैलेखका चामुण्डाबिन्द्रासैनि नगरपालिका ,दुल्लु नगरपालिका आठबिश नगरपालिका ,ठाटिकाँध गाँउपालिका, दोस्रो चरणमा नारायण नगरपालिका ,भैरवी गाँउपालिका,नौमुले गाँउपालिका,महाबु गाँउपालिका, तेस्रो चरणमा गुराँस गाँउपालिका ,डुवेश्वर गाँउपालिका,भगवती गाँउपालिका खोप अभियान संञ्चालन गरिनेछ ।’ उनले भने,‘यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइनेछ ।’