६ जेष्ठ २०८१, आईतवार

कालीकोट-जुम्ला खण्डको स्तरोन्नति थालियो


;8s lj:tf/sf] sfd ul/Fb}
e/tk’/,@) ebf} . d’lUng–dn]v’ ;8s lj:tf/ cGtu{t lrtjg v08sf] OR5fsfdgf ufpFkflnsf–$ s’l/g6f/df ;8s 5]pdf kvf{n p7fpg] sfd ub{} dhb’/ . of] v08 cGtu{t lrtjgtkm{ !& lsnf]ld6/ / wflbªtkm{ @@ lsnf]ld6/ ;8s :t/f]Gglt ul/g]5 . tl:a/ M s[i0f cfrfo{÷/f;;

मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ। आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो।
कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ।
कर्णाली राजमार्गको कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नति काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए। ‘राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको छ’, उनले भने, ‘छ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको छ। सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नुपर्छ।’
सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि ८० करोड रूपैयाँ बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिए। ‘साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायत काम भइरहेका छन्’, उनले भने, ‘बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न गरिएको छ।’
आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ। विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि सञ्चालनमा आएको थियो। साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए।